+977-1-4467666,4485653

News Highlights

धनगढी क्रिकेट एकेडेमी लिगको शिर्ष स्थानमा


यज्ञराज जोशी, धनगढी

 
धनगढी सीटी स्कुलद्धारा प्रस्तुत धनगढी क्रिकेट लिग भाग २ को शिर्ष स्थानमा धनगढी क्रिकेट एकेडेमी पुगेको छ । एकेडेमीले एसपीएलाई लाई १ विकेटले पराजित पार्दै लिगको शिर्ष स्थानमा आफ्नो स्थान सुरक्षित पारेको हो । यस अघि लिगको शिर्ष स्थानमा रहेको कैलाली बहुमुखी क्याम्पससँग समान ६ अंक बनाए पनि रनरेटका आधारका एकेडेमी शिर्षमा रहेको हो ।  


टस जितेर पहिले व्याटिंग गरेको एसपीएका कुनै पनि प्रारम्भिक व्याट्सम्यान बाहेक अन्य व्याट्सम्यान चल्न नसक्दा उ लिगको शिर्ष स्थानमा पुग्नबाट बञ्चित भएको हो । एसपीएका प्रारम्भिक व्याट्सम्यान हेमन्त आलेको ३३ रनको मदतले एसपीएले २२ . २ ओभरमा सवै विकेट गुमाएर ९१ रन बनाएको थियो । केशव ऐरीले ११ रन बनाई टीमको स्कोर बढाउन खोजे पनि एकेडेमीका बलरहरुका अगाढी उनको पनि केही चलेन । एसपीएको जीतका लागि बलरहरुको भुमिका महत्वपुर्ण रह्यो । उसका महेश अधिकारी र भुवन थापाले समान २ र लेखनाथ शर्मा, राजु थापा र विरेन्द्र ऐरीले समान १ विकेट लिए । ९२ रनको लक्ष्य लिएर मैदान उत्रेको एकेडेमीले २२.२ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेटायो । प्रारम्भिक व्याट्सम्यानहरु कप्तान दिपेन्द्र थापा र पंकज कुवँरले खासै राम्रो सुरुवात गर्न नसके पनि एकेडेमीको पारी मध्यक्रमका व्याट्सम्यानद्धय नुरैन अन्सारी र विजय रानाले सम्हालेका थिए । तेस्रो विकेटका लागि उनीहरुले २८ रनको साझेदारी गरि टीमलाई उम्काएका थिए । ९ औ ओभरमा नुरैन १२ रनमा आउट भएपनि त्यस पछिको पारी विजयले सम्हाले । उनले ३ चौकाको मदतले १६ रन बनाएका थिए । उनीहरु दुवैलाई एसपीएका बलरहरुले आउट बनाएपछि खेलमा फर्किएको एसपीएको सपनाको जित्ने सपना विबेश सिंहले चकनाचुर बनाई दिए । उनले ४ चौकाको मदतले २४ रन बनाई एकेडेमीलाई जीत दिलाएका थिए । 

बलिंग तर्फ एसपीएका पंकज पन्तले ४ विकेट लिए पनि टीमलाई जिताउन त्यो प्रर्याप्त भएन । त्यस्तै उसका बिक्रम ठगुन्नाले पनि  २  विकेट लिएका थिए । खेलका म्यान अफ द म्याच विबेश सिंह भए । प्रतियोगिताको अर्को खेल आउदो फागुन ३ गते धनगढी स्पोर्टस क्लब  र बोराडाडी युवा क्लबका विच हुने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिनु भयो । 

प्रगियोगिताको फाईनल आउदो बैशाख ६ गते हुनेछ । प्रतियोगिताका विजेता र उप विजेताले क्रमशः   ३० हजार र १५ हजार तथा ट्रफी र मेडल पाउने छन । प्रतियोगितामा यहाँका ८ टीमको सहभागिता रहेको छ । 


अंक तालिका 

टीम  अंक 
धनगढी क्रिकेट एकेडेमी   ६
कैलाली बहुमुखी क्याम्पस  ६
सुदुरपश्चिमाञ्चल  ४
न्यु श्रृजनशिल युवा क्लब  ४
धनगढी स्पोर्टस क्लब 
बोराडाडी युवा क्लब 
धनगढी सीटी स्कुल
नाष्ट 0


    


LIVE
Total Score
Over
Extra
THIS OVER
Nepal Vs Afganisthan

Corporis felis ipsa, itaque vehicula excepturi? Lacus, leo? Iaculis expedita rem lorem, tristique nostrud officia nam repudiandae enim, repellat similique tempora luctus, mollitia arcu, venenatis ad aspernatur? Minim? Laboris voluptatum, voluptate per elit occaecat diam iusto! Harum expedita praesentium euismod elit molestie torquent perspiciatis? Ullamcorper incidunt fugiat proident nam maecenas.

Comming Soon
  • ACC U-19 Elite Cup

    Nepal became Runner-Up in ACC U-19 Elite Cup in 2011
  • ACC Emerging Teams Cup

    Afghanistan v Nepal at Singapore - Aug 17, 2022
    Afghanistan won by 3 runs (D/L method)


    Singapore v Bdesh U23s at Singapore - Aug 17, 2022
    Bdesh U23s won by 8 wickets (with 140 balls remaining)

  • Emerging Cup

    Bangladesh Vs Singapore on 17th August at KALLANG CRICKET GROUND
  • Emerging Cup

    Afganisthan Vs Nepal on 17th August at SINGAPORE CRICKET CLUB
  • Emerging Cup

    India Vs Pakisthan on 18th August at KALLANG CRICKET GROUND
  • Emerging Cup

    Sri Lanka Vs Bangladesh on 18th August at SINGAPORE CRICKET CLUB
  • Emerging Cup

    Singapore Vs UAE on 19th August KALLANG at CRICKET GROUND
  • Emerging Cup

    Pakistan Vs Afganisthan on 19th August at SINGAPORE CRICKET CLUB
  • ACC Emerging Teams Cup Statistics

    Points Table
    Country M W L D N/R P NRR
    Grp A              
    Ind-U23              
    Pak-U23              
    Afg 1 1 0 0 0 2 +0.065
    Nep 1 0 1 0 0 0 -0.065
    Grp B              
    Sri-U23              
    UAE              
    Bdesh-U23 1 1 0 0 0 2 +2.155
    Singapore 1 0 1 0 0 0 -2.155