नेपाली यू १९ राष्ट्रिय टिमको विशेष प्रशिक्षण भारतमा
29 Dec 2022
प्रेस विज्ञप्ती
२०७२ साल पौष १४ गते
प्रेस विज्ञप्ती
२०७२ साल पौष १४ गते
यही जनवरी २२ देखि फरवरी १४, २०१६ सम्म बङ्गलादेशमा आयोजना हुने ICC U-19 World Cup क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी विशेष प्रशिक्षण एवं प्राक्टिश म्याच खेल्न २४ सदस्यीय नेपाली यू १९ राष्ट्रिय टिम भोली २०७२ साल पौष १५ गते विहान ८ः०० बजे नेपाल एअरलाईन्सको उडान नं RA 205 बाट भारतको नयाँ दिल्ली तर्फ प्रस्थान गरिने व्यहोरा जानकारी गराउँदछु । नेपाली यू १९ राष्ट्रिय टिम यही जनवरी १६,, २०१६ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाली यू १९ राष्ट्रिय टिमले धर्मशाला तथा नया दिल्लीमा विशेष प्रशिक्षण एवं प्राक्टिश म्याच खेल खेल्न छ । साथै २४ सदस्यीय नेपाली यू १९ राष्ट्रिय टिमको नामावली निम्नानुसार रहेको छ ।
खेलाडीहरुको नामावली
१. राजु रिजाल (कप्तान) २. आरीफ शेख (उपकप्तान)
३. सन्दिप सुनार ४ सुनिल धमला
५. दिपेन्द्र ऐरी ६ सौरभ खनाल
७. प्रेम तामाङ्ग ८ सुशिल क“डेल
९. दिपेश श्रेष्ठ १० राजविर सिंह
११. योगेन्द्र कार्की १२ सन्दिप लामिछाने
१३. हिमान्सु दत्त १४ शंकर राना
१५. ईशान पाण्डे १६ कुशल भुर्तेल
१७. ईर्साद अहमद १८ ललित नारायण राजवंशी
१९. नन्दन यादव
अफिशियलहरुको नामावली
१. सुभाष ब. शाही ( टिम म्यानेजर)
२. जगत टमाटा (मुख्य प्रशिक्षक)
३. विनोद दास ( सहायक प्रशिक्षक)
४. दिनेश भट्ट ( फिजियो)
५. रमन शिवाकोटी (भिडियो एनालिष्ट)
(भावना घिमिरे)
प्रमुख कार्यकारी अधिकृत