+977-1-4467666,4485653

News Highlights

फाँगुन १५ बाट धनगढीमा सुपर सेभन

 

 

यज्ञराज जोशी, धनगढी 

आपसी सद्भावका लागि क्रिकेट भन्ने नाराका साथ धनगढी क्रिकेट एकेडेमीको आयोजनामा यही माघ १५ देखि १७ गतेसम्म धनगढीमा बिरेन्द्र स्मृती धनगढी सुपर सेभन क्रिकेट प्रतियोगिता हुने भएको छ । खेल त्रिनगर उच्च माविको खेल मैदानमा सञ्चालन गरिने छ । क्षेत्रिय क्रिकेट विकाश समिती क्षेत्र नम्बर ९ को सहकार्यमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको पहिलो संस्करणका दौरन  ज्यान गुमाउनु भएका एसपीएका अध्यापक बिरेन्द्र बिष्टको सम्झनामा आयोजना हुने प्रतियोगितामा यहाँका सरकारी तथा गैर सरकारी संस्था, शैक्षिक संस्थाहरु, बैंक, समाजिक संस्था, व्यवसायीक संघसस्था लगायत अन्य टीमहरुको प्रतियोगितामा सहभागिता जनाउने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिनु भयो । लिगकम नकआउट चरणको आधारमा खेलाईने प्रतियोगितामा यहाँका अधिकतम १२ टीमले सहभागिता जनाउन पाउने छन । साथै एकेडेमीले एक विज्ञप्ति जारी गर्दै प्रतियोगितामा सहभागिका लागि सम्बन्धित सम्पुर्णलाई अनुरोध गरेको छ ।

सात सात ओभरको हुने प्रत्येक खेलको एक टीमबाट ७ जना खेलाडीका साथै २ जना अतिरिक्त खेलाडी र १ जना टीम व्यवस्थापकले मात्र सहभागिता जनाउन पाउने छन भने प्रत्येक खेलाडीले १ ओभर मात्र बलिंग गर्न पाउने व्यवस्था गरिएको छ । प्रत्येक टीमका लागि टीम पोशाक अनिवार्य गरिए पनि प्रतियोगिताका लागि आवश्यक सम्पुर्ण सामाग्री आयोजकले उपलब्ध गराउने विज्ञप्तीमा जनाईएको छ ।  एकेडेमीले प्रतियोगितामा सहभागि हुन चाहने सम्पुर्णलाई प्रवेश शुल्क बापत रु ७ हजार र खेलाडीहरुको नामावली सहित ११ गते भित्र सम्पर्क गर्न अनुरोध गरेको छ । प्रतियोगिताको खेल तालिका भने फागुन १२ गते मात्र प्रकाशन हुने एकेडेमीका अध्यक्ष शाहीले बताउनु भयो ।

प्रतियोगितामा सहभागि कुनैपनि खेलाडी हालसाल भएको क्यान र क्षेत्रिय क्रिकेट संघको आयोजनामा भएको कुनै पनि प्रतियोगितामा सहभागि नजनाएको हुनुपर्ने मापदण्ड एकेडेमीले बनाएको छ । प्रतियोगिताका प्रथम तथा द्धितिय टीमलाई पुरस्कार ट्रफी, मेडेल तथा प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । तथा प्रतियोगिताका उत्कृष्ट फिल्डर, व्याट्सम्यान, बलर, र म्यान अफ द सिरिजलाई पनि आकर्षक पुरुस्कारको व्यवस्था गरिएको आयोजक एकेडेमीका अध्यक्षले शाहीले बताउनु भयो । प्रतियोगिता बारे विस्तृत जानकारीका लागि धनगढी क्रिकेट एकेडेमीका कार्यालय प्रमुख गेहेन्द्र शाही (९८४८४९४९६६) तथा एकेडेमीका प्रमुख प्रशिक्षक अर्जुन खड्का (९८१४६३८०२५) लाई सम्पर्क गर्न सकिने छ ।


LIVE
Total Score
Over
Extra
THIS OVER
Nepal Vs Afganisthan

Corporis felis ipsa, itaque vehicula excepturi? Lacus, leo? Iaculis expedita rem lorem, tristique nostrud officia nam repudiandae enim, repellat similique tempora luctus, mollitia arcu, venenatis ad aspernatur? Minim? Laboris voluptatum, voluptate per elit occaecat diam iusto! Harum expedita praesentium euismod elit molestie torquent perspiciatis? Ullamcorper incidunt fugiat proident nam maecenas.

Comming Soon
  • ACC U-19 Elite Cup

    Nepal became Runner-Up in ACC U-19 Elite Cup in 2011
  • ACC Emerging Teams Cup

    Afghanistan v Nepal at Singapore - Aug 17, 2022
    Afghanistan won by 3 runs (D/L method)


    Singapore v Bdesh U23s at Singapore - Aug 17, 2022
    Bdesh U23s won by 8 wickets (with 140 balls remaining)

  • Emerging Cup

    Bangladesh Vs Singapore on 17th August at KALLANG CRICKET GROUND
  • Emerging Cup

    Afganisthan Vs Nepal on 17th August at SINGAPORE CRICKET CLUB
  • Emerging Cup

    India Vs Pakisthan on 18th August at KALLANG CRICKET GROUND
  • Emerging Cup

    Sri Lanka Vs Bangladesh on 18th August at SINGAPORE CRICKET CLUB
  • Emerging Cup

    Singapore Vs UAE on 19th August KALLANG at CRICKET GROUND
  • Emerging Cup

    Pakistan Vs Afganisthan on 19th August at SINGAPORE CRICKET CLUB
  • ACC Emerging Teams Cup Statistics

    Points Table
    Country M W L D N/R P NRR
    Grp A              
    Ind-U23              
    Pak-U23              
    Afg 1 1 0 0 0 2 +0.065
    Nep 1 0 1 0 0 0 -0.065
    Grp B              
    Sri-U23              
    UAE              
    Bdesh-U23 1 1 0 0 0 2 +2.155
    Singapore 1 0 1 0 0 0 -2.155